पीपीएलमा किचलो, ‘घमण्डी सन्दिप’ फ्यानको आलोचना



१८ कार्तिक २०७५, काठमाडौं

पोखरा प्रिमियर लिग (पीपीएल) मा रेफ्रीसँग विबाद गरेपछि नेपाली कुशल क्रिकेटर सन्दिप लामिछाने कारबाहीमा परेका छन् । शनिबार चितवन राईनोजसँगको खेलमा उनले रेफ्रीसँग विबाद गरिएको बुझिएको छ ।

रेफ्री सञ्जय सिग्देलसँगको विबादपछि लामिछानेलाई अर्का रेफ्री सत्यजित सरकारले उनलाई कारबाहीसहित ‘डी मेरिट’ अंक दिएका थिए । टाइन्सका बलर किशोर महतोको बललाई ‘नोबल’ घोषणा गरेपछि सन्दिप विबादमा तानिएका हुन् । त्यसको विरोधमाा सन्दिपले अन्फिल्ड अम्पायर सिग्देलसँगको विबादका कारण उनी विबादमा तानिन परेको हो ।

पीपीएललाई आईसीसीको मान्यता पाएको धेरै समय बितेको छैन । तर, यस सिजनको खेलमै यस्तो विबाद भयो । आईसीसीले मान्यता दिएको खेलमा अनुशसनमा राख्नका लागि उनीहरुलाई ‘डी मेरिट’ अंक दिईन्छ ।

दर्शकको आलोचना सन्दिपलाई–

आफ्नो खेलकै कारण एक पछि अर्को लिगमा छलाङ मारिरहेका सन्दिपका फ्यानहरु कमी हुने कुरै भएन । यस्तै पीपीएलमा पनि उनका फ्यानहरुका कमी थिएन । तर, बिडम्बना उनी चाहेर वा नचाहेरै विबादमा तानिए ।

अगाडी ‘सन्दिप, सन्दिप’ को तालमा उफ्रिरहेका उनका फ्यानहरुको मुखबाट अचानक ‘ घमण्डी सन्दिप, घमण्डी सन्दिप’ निस्कन थाल्यो ।

दुई खेलाडीमाथि स्पष्टीकरण–

त्यस विबादसँगैं दुई खेलाडीहरुमाथि स्पष्टीकरण लिईएको छ । सन्दिपकै जस्तो रेफ्रीको निर्णय नमान्ने किशोर र चितवनका सन्नी पटेललाई निर्णयमाथि अनावश्यक विबाद गरेको कारण उनीहरुमाथि रेफ्रीले स्पष्टीकरण मागेको हो बुझिएको छ ।

उनीहरु दुबै माथि विज्ञप्तीजारीगरि कारबाहीको चेतावनी समेत दिईएको छ । शनिबारकै खेलमा काठमाडौंका खेलाडी अमर सिंहलाई पनि ‘डी मेरिट’ अंक दिईएको छ ।

उनी पनि रेफ्रीको निर्णयमाथि अनावश्यक टिप्पणी गरेका कारण अंक दिईएको बताईएको छ । तर, यता सन्दिप लगाएतका अरु खेलाडीले भने गल्ती स्वीकार गरेका कारण कारबाही नगरिएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्