
१८ कार्तिक २०७५, सुनसरी
बिभिन्न बिपतमा रक्षकको रुपमा संगै सामाजिक कार्यमा संलग्न रहेको नेपाली सेनाको पुर्वी पृतना हेडक्वाटर पर्यावरण संरक्षणमा लागेको छ । सुनसरी जिल्ला स्थित पूर्वी पृतना हेडक्वाटर तथा हाता भित्रका युनिटहरुबाट गएको टोलीले प्राकृतिक तथा पर्यटकीय क्षेत्र अन्र्तगत पर्ने तालतलैया तथा पार्कको सरसफाई गर्दै संरक्षणमा जुटेको हो ।
ताल र मनोरम वातावरणले पर्यटकलाई लोभ्याउने ताल तलैयामा स्थानीय वासिन्दा र नेपाली सेनाको पुर्वी पृतना हेडक्वाटरका जवान सहित करिव ३५० जनाले आज ताल तलैया क्षेत्रको सरसफाई गरेको पृतना पति उपरथी समिर शाहीले जानकारी दिनुभयो ।

शाहीका अनुसार सेनाको वातावरण संरक्षणमा स्थानीयसँगै मिलेर काम गर्ने योजना अनुसार उक्त कार्यक्रम संचालन गरिएको हो । स्थानीय उपभोक्तासँगै बिभिन्न संघसंस्था समेतको सहयोगमा भएको सरसफाईले मंसिरबाट सुरु हुने पिकनिकलाई सहयोग पुग्ने तालतलैया बिकास समितीका अध्यक्ष बिरवहादुर लिम्वुको आशा छ ।
केही बर्षअघिसम्म ओझेलमा परेको उक्त स्थानमा केहि बर्ष देखी पुर्वाधर बिकासले गति लिएको छ । संघीय सरकारको पर्यटकीय गन्तब्यको सुचिमा सुचिकृत भएको तालतलैयामा सेनाले गरेको सहयोगले काम गर्न थप सहज हुने तालतलैया बिकास समितीका सदश्य तथा संचार संयोजक लोचन पौडेलको बुझाई छ ।
१०० वटा पर्यटकीय गन्तब्यको सुचिमा पर्ने सम्भावना रहेको प्राकृतीक स्रोतको अवलोकन गर्न सकिने उक्त स्थानलाई थप बिकास गरी प्रदेश १ कै प्रमुख गन्तब्य वनाउने प्रयाशमा रहेको नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय नेता हिमाल शर्माको भनाई छ ।
नेपाली सेना देशमा जुनसुकै कार्यलाई पनि सफल बनाउने संगठनका रुपमा परिचित छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण बर्ष घोषणा गरेका बेला नेपाली सेनाको यो सक्रियतालाई पक्कै सकारात्मक मान्न सकिन्छ ।





