रियल मड्रिडद्वारा भालाडोलिभ पराजित



१८ कार्तिक २०७५, काठमाडौं

स्पेनिस ला लिगमा रियल मड्रिडद्वारा भालाडोलिभ पराजित भएको छ ।

मड्रिडले शनिबार राति घरेलु मैदानमा यसै सिजन ए डिभिजनमा बढुवा भएको भालाडोलिडलाई २–० ले हराएको हो । रियल मड्रिडको जितमा भिन्सियस जुनियरले खेलको ८३ औं मिनेटमा पहिलो गोलगर्दा ८८ औं सर्जियो रामोसले दोस्रो गोल गरे । उनले प्यानल्टी पाएको अवसर गोलमा परिणत गरेका थिए । यस जितसँगै मड्रिडले लिगमा अंक सुधार गरेको छ । खेलअघि ९ औं स्थानको मड्रिड १७ अंक जोड्दै छैठौं स्थानमा उक्लिएको छ ।

केहि दिनअघि रियल मड्रिडले प्रशिक्षक पदबाट जुलेन लोपेटगीलाई बर्खास्त गरेको थियो । मड्रिड मुख्य प्रशिक्षक बिनै यतिबेला अस्थायी प्रशिक्षकको मदतमा विभिन्न प्रतिस्पर्धामा उत्रिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्