
१८ कार्तिक २०७५, काठमाडौं
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फिक्कल गाउँपालिका कमिटीको चियापान तथा शुभकामना आदान-प्रदान कार्यक्रम खाङसाङ सिन्धुलीमा सम्पन्न भएको छ ।

दीपावली, नेपाल सम्वत्, छठ लगायतका चाडपर्वको अवसरमा आयोजना गरेको कार्यक्रममा पूर्व कृषि मन्त्री हरिबोल गजुरेल, प्रतिनिधी सभा सदस्य गणेश कुमार पहाडी/यज्ञराज सुनुवार, प्रदेश सभा सदस्य प्रदीप कटुवाल, नेकपाका नेता विषमलाल अधिकारी दनुवार, कमलजङ राई, उमा कोइराला, फिक्कल गाउँपालिका कमिटीका अध्यक्ष रामप्रसाद भण्डारी, प्रल्हाद पोख्रेल, खड्ग रजन, ज्वालाप्रसाद न्यौपाने (पुकार), लगायत समाजसेवी तथा बुद्धिजिवीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा हास्यव्यङ्ग्य कलाकार दिनेश काफ्ले, राजनराज सिवाकोटी, सम्झना लामिछाने मगर, रादिप सुनुवारलगायतले सांस्कृतिक कार्यक्रम प्रश्तुत गरेर भरपुर मनोरञ्जन दिएका थिए ।






