सिन्धुलिय श्रेष्ठ समाज र समृद्ध सिन्धुली अभियानको चियापान कार्यक्रम सम्पन्न



१७ कार्तिक २०७५, काठमाडौँ

सिन्धुलिय श्रेष्ठ समाज र समृद्ध सिन्धुली अभियानको संयुक्त आयोजनामा भएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम पुरानोबानेश्वर स्थित मानसरोवर पार्टीप्यालेस काठमाडौंमा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रदेशसभा सांसद बुद्धि मान माझी र बिजुला बर्माको आतिथ्यतामा सिन्धुलीबाट काठमाडौँ आई विभिन्न पेशा व्यवसाय गरि बसोवास गर्ने र सिन्धुलीलाई समृद्ध बनाउन लागेका करिव २०० जनाको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमको अध्यक्षता कुमारलाल श्रेष्ठ, संचालन कार्यक्रम अभियानकर्मी लिलानाथ घिमिरेले गरेका थिए भने स्वागत मन्तव्य श्रेष्ठ समाजका सल्लाहकार प्रकाश श्रेष्ठले राखेका थिए ।

  

प्रतिक्रिया दिनुहोस्