
१७ कार्तिक २०७५, काठमाडौं
सिन्धुपाल्चोक सम्पर्क मञ्चद्वारा आयोजित शुभकामना आदान–प्रदान एवं साँस्कृतिक कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, विषेश अतिथिद्वय नेकपा स्थाई समिति सदस्य अमृत कुमार बोहरा र अग्निप्रसाद सापकोटा रहेका थिए भने अतिथिहरुमा अरुण नेपाल केन्द्रिय सदस्य ३ नं प्रदेश उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री, पूर्व कानुनमन्त्री शेरबहादुर तमाङ्ग, कृष्ण प्रसाद सापकोटा लगायत नेकपाका केन्द्रिय सदस्यहरु र अन्य विशिष्ट व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

मञ्चको शुभकामना तथा साँस्कृतिक कार्यक्रममा कलाकारहरुले विभिन्न नाँचगानका साथै तिहार गीत गाएर देउसी खेलेका थिए ।






