
१७ कार्तिक २०७५, , काठमाडौं
गुरुप्रसाद लुइँटेल अध्ययन तथा विकास केन्द्रद्वारा आयोजित चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम ए वान पार्टीप्यालेस चाबहिल काठमाडौंमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व गृहमन्त्री एवं नेकपाका नेता बामदेव गौतम रहेका थिए भने अतिथिहरुमा नेकपाका नेता पुरुषोतम दाहाल, शंकर कार्की, नानिवावु बुढाथोकी, पूर्व सांसद रामहरी खतिवडा, बालकृष्ण दाहाल, शकुन्तला राज भण्डारी लगायत अन्य विशिष्ट व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

तत्कालिन माओवादीले अपहरण गरी चरम यातना दिई निर्मम ढंगले हत्या गरिएका ओखलढुङ्गाका पूर्व शिक्षक तथा समाजसेवी गुरुप्रसाद लुइँटेलको स्मृतिमा आयोजित चियापान कार्यक्रममा वक्ताहरुले शहिद लुइँटेलको हत्यारा पक्ता लगाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका थिए ।








