मनाङलाई गभर्नस गोल्डकपको उपाधी



१७ कार्तिक २०७५, काठमाडौं

मनाङ मर्स्याङ्दी क्लबले गभर्नस गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

सिक्किममा शनिबार भएको फाइनलमा रेड आर्मी क्लबलाई १–० ले हराएर मनाङले उपाधि जितेको हो । गान्तोकस्थित पाल्जोर स्टेडियममा मनाङलाई जित दिलाउन खेलको ८१ औं मिनेटमा सुजल श्रेष्ठले निर्णायक गोल गरे ।

सुजल श्रेष्ठको कप्तानीमा रहेको नेपाली टोलीले गभर्नर्स गोल्डकपको उपाधी जितेको हो ।

प्रतिक्रिया दिनुहोस्