साफ यू–१५ च्याम्पियनसिप : पहिलो उपाधी बंगलादेशलाई , पाकिस्तान दोस्रोमा समेटियो



१७ कार्तिक २०७५, काठमाडौं

चौंथो संस्करणको यू–१५ अन्तर्गत पहिलो र दोस्रो स्थानका लागि आज भएको खेलमा बंगलादेशले पाकिस्तानलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सम भएको खेलमा बंगलादेशले पाकिस्तानलाई ४–३ को गोलअन्तरले हराएको हो ।

खेलको २४ औं मिनेटमा बंगलादेशले लिएको अग्रताको विरुद्ध पाकिस्तानले खेलको ५४ औं मिनेटमा गोल फर्काउन सक्यो । बंगलादेशी एक खेलाडीको ‘डी’ बक्सभित्र ह्याण्ड भएपछि पाकिस्तानले बराबरी बनाउने मौका गुमाएन । खेलको निर्धारित समयसम्म बराबरी खेलेका टोलीहरुले एड टाईममा पनि रिजल्ट चेन्ज गर्न सकेनन् ।

त्यसपछि प्यानल्टी सुटआउटबाट उनीहरुको खेलको मुल्यांकन गरिएको थियो । प्यानल्टीको सुरुको सुट दुई विपक्षी टिमले नै पोस्टबाहिर हानेका थिए । त्यसपछिको पोस्टभित्र गएको बललाई बंगलादेशका गोलकिपरले बढि छेक्न सफल भए । यही परिणामसँगैं बंगलादेश यू–१५ को पहिलो उपाधी चुम्न सफल भएको छ ।

भारत तेस्रो, नेपालले चौंथो स्थानमा चित्त बुझाउँदै–

यसअघि तेस्रो स्थानका लागि घरेलु टोली नेपाल र भारतबीच प्रतिस्पर्धा भएको थियो । घरेलु मैदान तथा दर्शकको साथका कारण उपाधी दाबेदार मानिएको नेपाल विरुद्ध भारतले १–० को नतिजा बाहिर्याउन सक्यो । त्यससँगैं नेपालले सान्त्वनाको स्थानमा आफुलाई राख्न पर्यो । फाईनलसम्म आईपुगेको नेपालले आफुलाई चौंथो स्थानमा नै समेटेको छ ।

प्रतिक्रिया दिनुहोस्