साफ यू–१५ च्याम्पियनसिप : प्रयासरत पाकिस्तानले फर्कायो गोल, बंगलादेशको ह्याण्ड ब्याड लक



१७ कार्तिक २०७५, काठमाडौं

चौंथो संस्करणको साफ यू–१५ अन्तर्गत पहिलो र दोस्रो स्थानका लागि भईरहेको खेलमा पाकिस्तानले गोल फर्काएको छ ।

पहिलो हाफमा अग्रता पाएको बंगलादेशको फरवार्डले ‘डी’ बक्सभित्र ह्याण्ड गरेपछि प्यानल्टी पाएको पाकिस्तानले १ बराबरी गोल बनाउन सकेको हो । खेलको ५४ औं मिनेटमा गोल गरेको पाकिस्तान अझै प्रयासमा छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भईरहेको खेलको पहिलो हाफमा बंगलादेशले अग्रता लिएको हो । खेलको २४ औं मिनेटमा भएको गोलले बंगलादेशलाई अग्रता दिलाएको थियो ।

यसअघि विहान भएको खेलमा भारतले नेपाललाई १–० ले पराजित गरेको थियो । त्यस खेलसँगैं भारत प्रतियोगितको तेस्रो स्थानमा उभिन सकेको हो ।

प्रतिक्रिया दिनुहोस्