साफ यू–१५ च्याम्पियनसिप : पहिलो हाफमा बंगलादेशको अग्रता, पाकिस्तान प्रयासरत



१७ कार्तिक २०७५, काठमाडौं

चौंथो संस्करणको साफ यू–१५ अन्तर्गत पहिलो र दोस्रो स्थानका लागि भईरहेको खेलको पहिलो हाफमा बंगलादेशले अग्रता लिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भईरहेको खेलको पहिलो हाफमा बंगलादेशले अग्रता लिएको हो । खेलको २४ औं मिनेटमा भएको गोलले बंगलादेशलाई अग्रता दिलाएको हो ।

यसअघि विहान भएको खेलमा भारतले नेपाललाई १–० ले पराजित गरेको थियो । त्यस खेलसँगैं भारत प्रतियोगितको तेस्रो स्थानमा उभिन सकेको हो ।

प्रतिक्रिया दिनुहोस्