यौन स्वास्थ्यका लागि प्रत्येक महिलाले जान्नैपर्ने कुरा, पढ्नैपर्ने जानकारी



१७ कार्तिक २०७५, काठमाडौं

स्वास्थ्यले मानव कामुकताका लागि एउटा सकारात्मक दृष्टिकोण पैदा गर्ने गर्दछ । थुप्रै महिलाहरु आफ्नो शारिरिक र मानसिक अवस्थाको बारेमा त्यति ध्यान दिने गर्दैनन् । पुरुषहरुको जस्तै महिलाको पनि यौन स्वास्थ्य निकै महत्वपूर्ण हुने गर्दछ ।

महिलाहरुलाई जब यौनक्रियामा पिडा हुने गर्दछ तब उनीहरु त्यो सुख प्राप्त गर्न असमर्थ हुने गर्दछन् । यस्ता कुराहरुलाई लज्जास्पदको संज्ञा दिँदै उनीहरुले आफ्नो समस्या कसैलाई पनि बताउँदैनन् । यौन स्वास्थ्यका समस्या विशेषतः योनीमा खुख्खापन, सेक्स एलर्जी, यौनसम्बन्धि रोग र मेनोपज आदि हुन् । जब स्वास्थ्यको कुरा आउँछ, तब कुनै पनि महिलाले आफ्नो सेक्स तनावसँग जोडिएका समस्या आफ्नो डाक्टरलाई भन्नका लागि लजाउनु पर्दैन । सबैभन्दा महत्वपूर्ण यो हो कि प्रत्येक महिलालाई स्वस्थ रहनका लागि यौन स्वास्थ्यको तथ्यको बारेमा पूरा जानकारी लिन जरुरी छ ।

1. योनीको संकुचनः

कोही महिलालाई सम्भोगका दौरान योनीमा पीडा महसुस हुने गर्दछ, जुन योनीको संकुचनका कारण हुने गर्दछ । मेडिकल कन्डिसनको आधारमा भन्नु पर्दा यदि तपाईंको योनीको मांसपेशीहरु कस्सिएको हुन्छ तब सम्भोगको क्रममा पीडा हुने गर्दछ । यसो हुँदा तपाईंको सम्बन्धमा तनाव आउने गर्दछ र यसलाई चाँडै नै उपचार गराई ठिक गराउनु पर्दछ ।

2. यौन रोग रोक्नका लागि कण्डमको प्रयोगः

एड्स वा अन्य यौन संचारित संक्रमणलाई रोक्नका लागि कण्डमको प्रयोग निकै जरुरी छ । कोही मानिसहरु यस बारेमा जान्दा जान्दै पनि कण्डमको प्रयोग गर्दैनन् । तर तपाईं आफू पनि बच्ने र अरुलाई पनि बचाउने जिम्मेवारी तपाईंको हो ।

3. टेस्टोस्टेरोनः

महिलालाई सेक्स इच्छा बढाउनका लागि टेस्टोस्टेरोन हर्मोनले निकै काम गर्ने गर्दछ । २० वर्षको उमेरसम्म टेस्टोस्टेरोनको मात्रा निकै उच्च भइसकेको हुन्छ र उमेर बढ्दै जाँदा यसको संख्या घट्दै जाने गर्दछ । महिला यौन स्वास्थ्य विशेषज्ञहरुका अनुसार जो महिलाहरु रजोनिवृत्तिसम्म पुगिसकेका छैनन् उनीहरुले टेस्टोस्टेरोन थेरापी गर्दा सेक्समा रुची बढ्ने गर्दछ ।

4. महिला यौन रोगः

यदि कुनै पनि महिलालाई सेक्स गर्दा शारिरिक अथवा मानसिक रुपमा पिडा भइरहेको छ भने उनीहरु कहिले पनि यसबाट सन्तुष्ट हुन सक्दैनन् । यस्तो अवस्थामा तुरुन्त चिकित्सककोमा जान जरुरी हुन्छ । यस्तो समस्या १८ देखि ५९ उमेर सम्मका महिलाहरुमा देखा पर्न सक्छ ।

5. भेजाइनल इस्ट इन्फेक्सनः

यो निकै नै साधारण समस्या हो । इस्ट इन्फेक्सन सुरुमा कम संख्यामा योनीमा हुने गर्दछ र बिस्तारै बढ्दै गएर यसले संक्रमणको रुप लिने गर्दछ । इन्फेक्सन भएको खण्डमा महिलाको योनीमा जलन, रातो हुने र सुन्निने गर्दछ । यस्तो इन्फेक्सन हुँदा सेक्स निकै पीडादायक हुने गर्दछ । इस्ट इन्फेक्सन कुनै पनि महिलालाई हुने गर्दछ र यसको उपचार तुरुन्त गर्न जरुरी छ ।

6. सेक्स एलर्जीः

योनीमा चिलाउने र सेक्स पछि पोल्ने भएमा तपाईंलाई सेक्स एलर्जी भएको भन्ने बुझ्नुपर्ने हुन्छ । तपाईंलाई विर्यको एलर्जी पनि भएको हुनसक्छ । यदि यो रोगलाई छिट्टै उपचार नगराएमा महिलालाई अनफिलेक्सिस भन्ने अर्को रोग लाग्नसक्छ ।

 

प्रतिक्रिया दिनुहोस्