डा. राजन भट्टराईको सपना साकार हुँदै



१६ कार्तिक २०७५, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं. ८, ९, १०, ११, १२ र १३ को आधा क्षेत्रफल समेट्ने गरी विस्तार हुन लागेको मेलम्ची खानेपानी परियोजना विस्तारको लागि आज टेण्डर आव्हान गरिएको छ ।

गत संसदीय तथा स्थानीय निर्वाचनमा तत्कालिन नेकपा एमालेले एक घर एक खानेपानी सहितको धारा उपलब्ध गराउने घोषणा गरेको थियो । संसदीय निर्वाचनमा डा. राजन भट्टराई पराजित भएपनि कर्तव्यनिष्ट भएर डा. भट्टराईले आफ्नो चुनावी वाचा पुरा गरेका छन् ।

आज प्रकाशित कपन खानेपानी विस्तारको लागि आव्हान गरिएको टेण्डर

डा.भट्टराई कपन आसपास क्षेत्रको खानेपानी समस्या समाधानका लागि सांसद हुँदा देखि नै निरन्तर क्रियाशील थिए । वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई पटक–पटक गरेको व्यक्तिगत तथा सामुहिक पहलपछि कपनवासी काकाकुल हुनबाट बचेका छन् ।

स्थानीय अवरोध नभए कपनवासीले अवको ३ वर्षभित्र मेलम्चीको पानी सहज उपभोग गर्न पाउने सुनिश्चित भएको छ । डा. भट्टराईले परिवर्तन खबरसँगको कुराकानीमा आफ्नो खानेपानी योजना पुरा हुने चरणमा पुगेकोेले अबको ध्यान कपन क्षेत्रको सडक निर्माणमा केन्द्रीत हुने बताए ।

यो पनि पढ्नुहोस

डा. राजन भट्टराईको पहलमा कपनवासीलाई सवा २ अर्वको खानेपानी परियोजना (भिडियो सहित)

डा. राजन भट्टराईको विकास प्रयासमा काँग्रेसको अवरोध (भिडियो सहित)

कांग्रेसबाट निर्वाचित माननीयहरु आफ्नै मान घटाउन थाले

प्रतिक्रिया दिनुहोस्