कण्डम किन्ने लाजले लिंगमा प्लाष्टिक बेरेर सेक्स गर्दा एक जोडी अस्पताल भर्ना



भियतनाममा एक जोडीले यौन सम्पर्कका बेला सावधानी नअपनाउँदा अस्पताल भर्ना हुनु परेको छ । उक्त जोडीले पसलसम्म गएर कण्डम किन्न लाज मानेपछि प्लाष्टिक प्रयोग गरेर यौनसम्पर्क यौन सम्पर्क गरेका थिए ।

यौनसम्पर्कको बेला प्लाष्टिकको प्रयोगले दुवै जोडीको यौनाङ्गमा गम्भीर चोट लागेपछि उनीहरु हनोइको अस्पतालमा भर्ना भएका छन् । भियतनाममा यौन शिक्षा तथा चेतनाको निकै कमी रहेको पाइन्छ ।

उनीहरुले बाक्लो खालको प्लाष्टिक प्रयोग गरेका थिए र त्यसको घर्षणले यौनाङ्गमा नराम्ररी चोट लागेको थियो । अहिले अस्पतालमा दुवैजनाको उपचार भैरहेको छ । गर्भ नरहोस् भन्नका लागि उनीहरुले कण्डमको प्रयोग गर्न चाहेको तर किन्न जान लाज मानेपछि यस्तो उपाय अपनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्