दुई मुक्तक (सातौं हप्ता)



१६ कार्तिक २०७५, काठमाडौं

नमस्कार, सर्वप्रथमः नजिकिदै गरेको दिपावलीको शुुभकामना ब्यक्त गर्न चाहन्छु । यहाँहरुसमक्ष मैले यो साताको तीन मुक्तकहरु ल्याएको छु । पढेर प्रतिक्रिया जनाउनुहोला ।

मुक्तकको बारेमा–
मुक्तक यस्तो एउटा साहित्यिक विधा हो, जुन चतुष्पदीय हुन्छ, यसलाई एउटा स्वतन्त्र विधा पनि भनिन्छ । अझ स्पष्टसँग भन्ने हो भने यो पहिलो, दोस्रो र चौथों अनुप्रासयुक्त (तुक) र तेस्रो हरफ भने स्वतन्त्र हुन्छ । यसको पहिलो हरफले विषयको उठान गर्छ, दोस्रो हरफले उठानलाई थप समर्थन गर्छ, तेस्रो हरफ भने स्वतन्त्र हुन्छ, यानेकी यसले चौथों हरफलाई झट्का हान्न उपयुक्त वातावरण सिर्जना गर्नु पर्दछ ।

भनिन्छ, मुक्तक (AABA) सुत्रमा लेखिन्छ । किनकी मुक्तकमा पहिलो, दोस्रो र चौथों हरफ भने अनुप्रासयुक्त हुन्छ, र तेस्रो हरफ भने स्वतन्त्र हुन्छ । मुक्तक मुख्यतः मायाँ, प्रेमसँग जोडेर लेख्ने गरिन्छ, तर मुक्तक जुनकुकै विषयमा पनि रहेर लेख्न सकिन्छ । यहाँ मैले विशेषतः मायाँ प्रेमकै विषयमा लेख्न प्रयास गरेको छु । र अब देखि चाहिँ म हजुरहरुसमक्ष तीन–तीन वटा मुक्तकलाई स्थान दिने छु, यो साताको मुक्तक यसरी सुरु हन्छ, आउनुहोस् सुरु गरौं ।

तिहारमा चेलीको याद, आएर पो नमिठो ।
वरीपरी देउसीभैलो गाएर, पो नमिठो ।
जताततै रङगीचङगी भएको यो बेला,
मेरो मनमा अँध्यारो छाएर, पो नमिठो ।

उनको बोली मुटु घोच्ने, सियोजस्तै भाछ ।
जीन्दगी तेल सकिएको, दियोजस्तै भाछ ।
यो दुःखमा छ भन्ने थाहा पाएर होला,
मेरो सामु झिँगासमेत, बलियो भाछ ।

उनको माँयालाई मेरो चुरीफुरि, कामै लागेन ।
गईसकी उनी बनेर हुरी, कामै लागेन ।
सँगैं बाच्ने अनि मर्ने कुरा सुनाउथी मलाई,
हराईसकी भई निष्ठुरी, कामै लागेन ।

प्रतिक्रिया दिनुहोस्