साफ यू–१९ : उपाधी दाबेदार मानिएको नेपाल सेमिफाईनलको खेलमा पाकिस्तानद्वारा पराजित



१५ कार्तिक २०७५, काठमाडौं

साफ यू–१९ अन्तर्गत आज भएको सेमिफाईनलको खेलमा घरेलु टोली नेपाललाई हराउँदै पाकिस्तान फाईनलमा प्रवेश गरेको छ ।

उपाधी दाबेदार मानिएको घरेलु टोली नेपाल पाकिस्तानद्वारा फराकिलो गोलअन्तरले पराजित भएको छ । सातदोबाटोस्थित आज दिउँसो सम्पन्न खेलमा पाकिस्तनाले नेपाललाई ४–० को गोलअन्तरले हराएको हो ।

यस आफ्नो हारसँगैं नेपाल प्रतियोगिताबाट नै बाहिरिएको छ । अब फाईनलको खेलमा विजयी पाकिस्तानले बंगलादेशसँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्