सोलुखुम्बुको दुई स्थान सरकारले छनौट गरेको नयाँ पर्यटकीय गन्तव्यमा



१५ कार्तिक २०७५, काठमाडौं

सरकारले छनौट गरेको १०० ओटा ओझेलमा परेको पर्यटकीय गन्तव्यमध्ये सोलुखुम्बुमा पनि दुई गन्तव्य परेको छ । जसमा खुम्बु पासाङ ल्हामु गाँउपालिकामा अवस्थित स्याङबेचो र महाकुलुङ गाँउपालिकामा अवस्थित पाँच पोखरी सो नयाँ पर्यटकीय गन्तव्यमा परेको हो ।

सँस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले ओझेलमा परेका एक सय वटा नयाँ पर्यटकीय गन्तव्यलाई छनौट गरेको हो । स्थानीय, प्रदेश सरकार तथा नेपाल पर्यटन बोर्डवाट सिफारिस गरिएका नयाँ ६ सय भन्दा बढी गन्तव्यवाट १०० ओटा छनौट गरिएको र सोलुखुम्बुमा दुई ओटा परेको हो । मन्त्रालयका अनुसार छनौटमा परेका पर्यटकीय गन्तव्यहरु निजी क्षेत्र, स्थानीय सरकार र स्थानीयको सहयोगमा घुम्नयोग्य बनाइनेछन् ।

प्रसस्त सम्भावना भएको तर हालसम्म कुनै पनि त्यस्ता खालका ठोस कदम नचालिएको पर्यटकीय स्थानहरुलाई सरकारले नयाँ रुप दिन लागेको हो । सरकारले यसमा ५० करोड रुपैंया विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्