महिनावारीको बेला प्याडको अलवा कप प्रयोग गर्न सकिन्छ, चित्रात्मक तरिका–पढ्नुहोस



१५ कार्तिक २०७५, काठमाडौं

महिनावारी– महिला तथा किशोरीहरुको एकदम गाह्रो समयावधि हो । प्रायः ले यस्तो बेला प्याड प्रयोग गर्ने गर्छन् । अब भने विकल्पको रूपमा ‘मेन्सट्रुवल कप’ आएको छ । यो प्याडभन्दा निकै नै सजिलो र स्वास्थ्यका हिसाबले राम्रो मानिन्छ।

यसलाई सुरुमा लगाउँदा अप्ठेरो महसुस गरे पनि पछि प्याडभन्दा धेरै सजिलो हुने बनाईन्छ । यसलाई ४ देखि १० घन्टा लगाइसकेपछि फेरि राम्ररी धोएर प्रयोग गर्न सकिन्छ । यसलाई दिनमा तीन–चारचोटि धुनुपर्छ ।

सुरुमा प्रयोग गर्नुभन्दा पहिले राम्ररी तीन मिनेटजति उमाल्नुपर्छ र सफा ठाउँमा सुरक्षित राख्नुपर्छ । यो कप प्याडभन्दा किफायती, आरामदायी, हाइजिनिक अनि वातावरणमैत्री रहेको छ । उमेर अनुसार कपको साइज पनि फरक हुन्छ ।

सुरुमा एकदमै धेरै रगत बग्दा यसलाई चार घन्टा लगाउन सकिन्छ भने कम आएको खण्डमा यसलाई १२ घन्टासम्म पनि प्रयोग गर्न सकिन्छ । यो विभिन्न साइज तथा रङमा उपलब्ध छ । स्ट्रिङसहित र स्ट्रिङरहित गरी यो दुई प्रकारको हुन्छ, जसमा चार वटा स–साना प्वालहरू हुन्छन् । यसलाई योनीभित्र पसाउँदा दोबारेर राख्नुपर्छ ।

जिनल प्यासेजमा यी प्वाल राखिन्छ, जसले खुला बनाइदिन्छ र प्यासेजमा गएर अड्केर बस्छ । यो गर्भाशयभन्दा माथि जाँदैन भने भेजिनल प्यासेजभन्दा तल आउन पाउँदैन । यसलाई निकाल्दा अलिकति दबाएर भ्याकुम निस्कन दिनुपर्छ अनि सहजै निकाल्न सजिलो हुन्छ ।

कपमा रगत जम्मा हुने भएकाले कपडामा लाग्ने सम्भावना हुँदैन । महिनावारी अवधि सिद्धिएपछि सफा पानीले मज्जाले पखालेर दुई–तीन मिनेटसम्म उमालेर प्याक गरेर राख्नुपर्छ ।

महिनावारीको बेला प्रयोगमा ल्याईने कपको प्रयोग कसरी गर्ने? चित्र हेर्नुहोस ।

 

यसले किशोरी तथा महिलालाई दैनिक जीवनमा निकै सहज बनाइदिन्छ । प्याड लुगा लगाउँदा बाहिर पनि देखिन सक्ने सम्भावना हुन्छ तर कप योनीभित्र रहने हुँदा कसैले ख्याल गर्दैनन् ।स्यानिटरी प्याड हामी धेरैले एकचोटि प्रयोग गर्दा धेरैबेरसम्म राखेर फेर्ने पत्तो पाइराखेका हुँदैनन्, जसले गर्दा संक्रमण हुन सक्छ । तर यो उच्चस्तरीय मेडिकल उपकरणले बनेको हुँदा संक्रमणको खतरा हुँदैन ।

महिनैपिच्छे प्याड किन्नुपर्दा एक त झन्झट हुन्छ त्यसमथि करिब दुई सय रुपैंयाको त महिनामा प्याड किन्नमै जान्छ । यसरी वार्षिक रूपमा धेरै पैसा खर्च भइराखेको हुन्छ । यो एक पटक किनेपछि १२ वर्षसम्म प्रयोग गर्न सकिन्छ । करिब दुई हजार रुपैयाँमै किन्न सकिने भएकाले आर्थिका भार पनि कम हुन्छ । मेरी स्टोप्स नेपालले अहिले ‘बाई–बाई प्याड’ भन्ने अभियान नै चलाएको छ ।

यो प्याड मेरी स्टोप्स सेन्टर तथा विभिन्न मार्टहरूमा पनि किन्न पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्