साफ यू–१५ : भारतलाई हराउँदै बंगलादेश फाईनलमा प्रवेश



१५ कार्तिक २०७५, काठमाडौं

साफ यू–१५ अन्तर्गत आज भएको खेलमा साबिक विजेता भारतलाई हराउँदै बंगलादेश फाईनलमा प्रवेश गरेको छ । आज भएको खेलमा बंगलादेशले भारतलाई हराएर फाईनलमा प्रवेश गरेको हो ।

प्यानल्टी सुटआउटमा आएर बंगलादेशले ४ गोल भारतको पाोस्टमा हानेको हो । बदलामा भारतले बल्ल २ गोल मात्र हान्न सक्यो । खेलको १७ औं मिनेटमा पट्रे हर्स हैलेसले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । तर, खेलको अतिरिक्त समयमा भारतका खेलाडीले बंगलादेशका खेलाडीलाई लडाएपनि बंगलादेशले पेनाल्टी पाएको थियो ।

सो प्यानल्टीमा आशिकुर रहमानले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए । त्यसपछि थप गोल हुन सकेन र खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा गोलकिपरले उत्कृष्ट प्रदर्शन गरेपछि बंगलादेशले भारतलाई ४–२ ले हराएर फाइनल यात्रा तय गर्यो ।

प्रतिक्रिया दिनुहोस्