खाना खाने बित्तिकै पानी पिउनु स्वास्थ्यको दृष्टिले हानिकारक आवश्यक जानकारी– अवश्य पढ्नुहोस्



१५ कार्तिक २०७५, काठमाडौं

पानी जिवनका लागि अत्यावश्यक तत्व हो । पानी बिना हामि जीवनयापन गर्न सक्दैनौ ।पर्याप्त पानी पिउनु मानव स्वास्थ्यका लागि अनिवार्य कुरा पनि हो । तर पानी पिउनुछ भन्दैमा खाना खाइरहेको बेला पानी पनि पिउनु स्वास्थ्यका लागि राम्रो हुँदैन ।

आयुर्वेदका अनुसार भोजन पछि पानी पिउनु बिष समान हुन्छ । पानी तुरून्त पिउनाले त्यसको असर मानिसको पाचन क्रियामा पर्दछ । हामी जुनसुकै कुरा पनि खाने गर्दछौं, त्यो हाम्रो नाभिको बायाँ भागमा स्थित जठराग्निमा गएर पच्ने गर्दछ ।
जठराग्नि खाना खाएपछि एक घण्टा सम्म प्रबल रहने गर्दछ । आयुर्वेदका अनुसार जठर को अग्नि बाटनै खाना पच्दछ । यदि हामीले तुरून्तै पानि पियौं भने खाना पच्नमा निकै समस्या हुने गर्दछ । यसैले आयुर्वेदले खाना र पानी पिउने कुरामा यो अन्तर राखेको छ ।

पानी पिउनाले जठराग्नि समाप्त हुन्छ, जुन कि भोजनको पाचन पश्चात शरीरलाइ मुख्य ऊर्जा र प्राण प्रदान गर्दछ । यसैले यस्तो गर्नाले भोजन पच्नुको सट्टा गल्दछ । यस्तो गर्नाले धेरै मात्रामा पेटमा ग्यास र एसिड बन्न थाल्दछ र एउटा दुष्चक्र शुरू हुन थाल्दछ । महर्षि वाघभट्टले १०३ रोगहरूका बारेमा बताएका छन, जुन भोजनको तुरून्तै पछि पानी पिउनाले हुने गर्दछ ।
खाना खाएको लगभग पौन घण्टा वा एक घण्टा पछि पानी पिउनु उचित हुने गर्दछ । यस क्रममा जठरराग्निले आफ्नो काम गरिसकेको हुन्छ । यदि हामी खाना खाने बित्तिकै पानि पिउने गर्दछौं भने त्यो मन्द हुने गर्दछ । जसले ठिक संग खाना पच्न सक्दैन ।


आयुर्वेदमा बिहानको समयमा धेरै पानी पिउनु, खानाको तुरून्त पछि पानि नपिउनु स्वास्थ्यको अचूक उपायहरू मध्येको एक भएको बताइएको छ, जसले मानिसहरूमा दिर्घायु जीवनको आधारशिला राख्दछ ।

प्रतिक्रिया दिनुहोस्