अवैध घरेलु मदिरा नियन्त्रण गर्दै कपन प्रहरी प्रभाग



१५ कार्तिक २०७५, काठमाडौं

महानगरीय प्रहरी प्रभाग कपनका प्रमुख प्रहरी निरीक्षक मीनबहादुर कुँवर सहितको टोलीले बूढानीलकण्ठ नगरपालिकामा अवैध रुपमा उत्पादन तथा विक्री वितरण हुने घरेलु मदिरालाई नियन्त्रणमा लिई नष्ट गर्दै आएको छ ।

कार्तिक १४ गते विहान ९ बजे बूढानिलकण्ठ नगरपालिका वडा नं. ११ आकाशेधारा चोक नजिक संखुवासभा जिल्ला घर बताउने करिव बर्ष २५ कि पासाङ्ग शेर्पाले अवैध रुपमा घरेलु मदिरा उत्पादन गरी विक्रि वितरण गर्ने गरेको गोप्य सुचनाको आधारमा उक्त स्थानमा कपन प्रहरी प्रमुख सहितको टोलीले चेक जाँच गर्दा अन्दाजी ११०० लिटर घरेलु मदिरा निर्माणमा प्रयोग हुने कच्चा पदार्थ र २७०० लिटर तयारी मदिरा फेला पारेको थियो ।

विमला बोहराको खाली जग्गा भाडामा लिई २ वटा टहरो निर्माण गरी उत्पादित मदिरा तथा मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ स्थानिय बासिन्दा तथा वडा प्रतिनिधको रोहबरमा सोहि स्थानमा ढलाई पोखाई नष्ट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्