धादिङको वालिङमा आजबाट विश्वकप प्याराग्लाइडिङ, १२ देशको सहभागिता रहने निश्चित



१५ कार्तिक २०७५, काठमाडौं

भिरकोट नगरपालिका–५ माहापुरस्थित स्वरेक मैदान र वालिङ नगरपालिका–११ डौवा फाँटमा बिहीबार (आज) देखि विश्वकप प्याराग्लाइडिङ प्रतियोगिताको सुरु हुने भएको छ ।

प्रतियोगिता आजबाट १८ कार्तिकसम्म चल्ने बताईएको छ । प्रतियोगिताका लागि भारत, पाकिस्तान, जापान, चीन, कोरिया, अमेरिका, क्यानडालगायत २१ देशका ९८ खेलाडीले नाम दर्ता जिल्ला पर्यटन विकास समितिका उपाध्यक्ष अनन्तकुमार श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतियोगिता नेपाल प्याराग्लाइडिङ संघ, नेपाल हवाई खेलकूद संस्था र बाबु एडभेन्चर क्लब स्याङ्जाको आयोजना तथा जिल्ला समन्वय समिति स्याङ्जाको संयोजकत्वमा सम्पन्न हुने जनाईएको छ ।

 

प्रतिक्रिया दिनुहोस्