शहिद गुरु लुइँटेलको स्मृतिमा चियापान हुँदै



१५ कार्तिक २०७५, काठमाडौं

ओखलढुङ्गाका पूर्व शिक्षक तथा समाजसेवी गुरु प्रसाद लुइँटेललाई तत्कालिन माओवादीले बरबरतापूर्वक हत्या गरेका थिए ।

गुरु लुइँटेलका आफन्त र विद्यार्थीहरुको संयुक्त पहलमा स्थापित गुरु लुइँटेल अध्ययन तथा विकास केन्द्रले नेकपाका नेता तथा पूर्व उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमको प्रमुख आतिथ्यतामा विजया दशमी, शुभ दीपावली लगायतका पर्वहरुको अवसर पारी चियापान तथा विचार गोष्ठीको आयोजना गरेको छ ।

शुभकामना आदान–प्रदान समेत रहेको कार्यक्रममा चियापान भन्दा पनि राजनीतिक विचारको आदान–प्रदान हुने बुझिएको छ ।

कार्यक्रम मिति २०७५ कार्तिक १७ गते शनिवार विहान ७ बजेदेखि ए वान पार्टी प्यालेस चावहिलमा हुने आयोजकले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्