साफ यू–१५ : सेमिफाईनलमा नेपालको भेट पाकिस्तानसँग



१५ कार्तिक २०७५, काठमाडौं

साफ यू–१५ च्याम्पियनसिप अन्तर्गत आज आयोजक नेपालले सेमिफाईनलमा बलियो प्रतिद्वन्दी मानिएको पाकिस्तानसँग खेल्ने भएको छ ।

खेल दिउँसो २ः३० बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने छ । मैदान उत्रँदै गर्दाको नेपालको लक्ष्य पाकिन्तानलाई हराउँदै फाईनल पुग्ने रहेको नेपाली टोलीका प्रशिक्षक सनोज श्रेष्ठले बताए । पाकिस्तानका खेलाडी लामा कदको भएकाले उनीहरुलाई तल पार्न हामी ग्रासबल खेलेर फाईनलमा पुग्छौं, उनले थपे ।

नेपाललाई पनि घरेलु समर्थकले गर्दा उपाधी दाबेदारको रुपमा हेरिएको छ । पहिलो खेलमा ४–०ले माल्दिभ्सलाई हराएको नेपालले दोस्रो खेलमा बंगलादेशसँगको खेलमा हार बेहोरेको थियो ।

प्रतिक्रिया दिनुहोस्