खुल्ला भलिवल प्रतियोगीताको उपाधी हर्कबहादुर राई प्रष्ठिानले उचाल्यो



१४ कार्तिक २०७५, खोटाङ

खोटाङको जन्तेढुङ्गा गाँउपालिका ५ चिसापानीमा नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलले आयोजना गरेको खुल्ला भलिवल प्रतियोगीतामा हर्कबहादुर राई प्रतिष्ठान, चिसापानी प्रथम भएको छ । रामप्रसाद राई गाँउपालिका भोजपुरलाई पराजीत गर्दै प्रष्ठिानले नगद १लाख एक हजार नगद जीतेको छ भने , भोजपुरले ५१ हजारमा चित्त बुझाएको छ ।

हलेसी तुवाचुङ नगरपालिका खोटाङ तेस्रो भई नगद ३१ हजार प्राप्त गरेको छ । गत शनिबारबाट सुरु भएको प्रतियोगीतामा १२ टोलीको सहभागीता रहेको थियो ।

जननायक बिपि कोइरालाको शालिक अनावरणसँगै कार्यक्रमको फाइनल खेल हिजो भएको थियो ।

प्रतिक्रिया दिनुहोस्