
१४ कार्तिक २०७५, खोटाङ
खोटाङको जनतेढुङ्गा गाँउपालीकाको चिसापानी बजारमा जननायक बिपि कोइरालाको सालीक अनाबरण गरीएको छ । नेपाली काँग्रेसका केन्द्रीय महाँमन्त्री डा. शंशाक कोइराला र काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडैलले संयुक्त रुपमा सालीकको अनाबरण गर्नुभएको हो ।
कार्यक्रममा कोइरालाले पार्टी भीत्र रहेका गुट उपगुटको अन्त्य गर्नुपर्ने बताउनुभएको छ । उहाँले पाटीभित्रका सम्पुर्ण गुटउपगुटलाई एकताबद्ध ढङ्गले अगाडी बडेमा नेपाली काग्रेस पहिलो स्थानमा आउने बताउनुभएको छ । काग्रेसको योजना नेपाललाई समृद्ध पार्ने रहेको बताउदै पार्टीले जनताकालागी धेरैकाम गरेको र अर्को चुनाबमा काँग्रेस जसरी पनि पहिलो हुनेमा कार्यकर्तालाइ ढुक्क हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै पौडेलले नेकपाको एकता बाडीचुडी खानेमेलोमात्र भएको आरोप लगाउनुभएको छ । कार्यक्रमलाइ सम्बोधन गर्दै उहाँले संसारमै दुई पार्टी अध्यक्ष रहेको देश नेपालमात्रै भएकाले प्रचण्डले आफू प्रधानमन्त्री बन्न ओलीलाई उचालेको समेत आरोप लगाउनुभएको छ ।
चिसापानी बजारको बिच भागमा सालीकको निर्माण गरीएको हो । उक्त स्थानमा बि स २०५४ सालमा गिरीजा प्रसाद कोइरालाले सालीकको अनाबरण गर्नुभएको थियो । तर ससस्त्र द्वन्द्वको समयमा खम्वुवान समुहले सालीक तोडफोड गरेको थियो ।





