
दोलखाको प्रसिद्ध धार्मिकस्थल कालिन्चोक भगवती मन्दिरमा निर्माण भएको केवलकार तिहारदेखि सञ्चालनमा आउने भएको छ।
कालिन्चोक दर्शन प्रालिकाका अनुसार केवलकार सञ्चालन गर्ने अन्तिम तयारी भइरहेको छ। केवलकार निर्माण सम्पन्न भई हाल परीक्षणकालमा रहेकाले तिहारमा मन्दिर दर्शनका लागि औपचारिक सुरुवात हुन लागेको हो ।
करिब ४५ करोड लागतमा निर्माण भएको केवलकार १ किलोमिटर लामो दूरीको रहेको छ।





