महिलाको शरिरमा गर्भनिरोधक औषधीको प्रभाव कस्तो रहन्छ ? जान्नुहोस्



१४ कार्तिक २०७५, काठमाडौं

प्रायजसो महिलाहरु नचाहेको गर्भबाट बच्नको लागि गर्भनिरोधक औषधी प्रयोग गर्ने गर्छन् । तर यस्ता चक्कीहरुको कारणले साइड इफेक्ट पनि हुनसक्छ । त्यसैले यस्ता औषधीहरु डाक्टरको सल्लाहमा मात्र प्रयोग गर्नुपर्छ ।

तर गर्भनिरोधक चक्कीको अत्यधिक प्रयोगले महिलाको स्वास्थ्यमा खराब असर गर्छ ।

महिलाले असुरक्षित सम्भोग गरेको तीन दिनभित्रमा यो चक्की सेवन गर्दा असर गर्छ । तर जति छिटो सेवन ग–यो त्यति राम्रो । चक्की सेवन गरेको पाँच दिनपछि त्यसको असर शरीरमा देखिन थाल्छ ।

यस्ता पिल्समा उपयोग भएका रसायनले शरीरमा भ्रूण निषेचनलाई रोकिदिन्छन् र गर्भ रहन दिँदैनन् । यी गोलीहरूको सेवनले गर्भाशयमा भएका अण्डालाई सेचन गर्न दिँदैन ।

विज्ञहरूका अनुसार, यी चक्कीहरूले राम्रो काम गर्छन् । तर लामो समयसम्म यिनको सेवन गर्दा दिमागमा नकारात्मक प्रभाव पर्छ र रगत पनि बिग्रन्छ ।

गर्भनिरोधक चक्कीले रक्तसञ्चार रोकिदिन्छन् जसकारण गर्भधारण हुन पाउँदैन तर अत्यधिक सेवनले हृदयघातको सम्भावना बढाइदिन्छ ।

महिलालाई गर्भनिरोधक चक्की खुवाउनुभन्दा पुरुषले कन्डम प्रयोग गरेर सम्भोग गर्नु नै सुरक्षित र सहज उपाय हो ।

प्रतिक्रिया दिनुहोस्