राईनोजद्वारा ब्लुज १२६ रनले पराजित



१४ कार्तिक २०७५, काठमाडौं

पोखरामा जारी सर्वाधिक राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत आज भएको खेलमा चितवन राईनोजले एक्पर्ट धनगढी ब्लुजलाई परजित गरेको छ ।
पोखरा रंगशालमा भएको खेलमा राईनोजले ब्लुजलाई १२६ रनले हराएको हो । १९४ रनको लक्ष्य पछ्याएको राईनोजले १६ ओभर २ बलमा अलआउट हुँदै ६७ रन बनाउन सक्यो ।

धनगढीका लागि पिटर टेग्रोले २७ तथा योगेन्द्र कार्कीले १७ रन बनाउन सके । तर, अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । त्यस्तै सन्नी पटेलले ४ विकेट लिए । त्यसैगरि भुवन कार्की र स्मिथ पटेलले २–२ विकेट लिन सके । यसअघि टस हारेर ब्याटिङ गरेको पारस खड्काको चितवनले पुरै २० ओभरमा ५ विकेट गुमाएर १९३ रन जोडेको थियो । उत्कृष्ट सुरुवात गरेको चितवनका हरी शंकर साहले अर्धशतक बनाए । हरी ५३ रनमा आउट भए । उनले ३२ बलमा ५० रन पुरा गरेका थिए । हरीले पहिलो विकेटका लागि अनिल कुमार साहसंग १०१ रनको साझेदारी गरेका थिए । अनिल ३७ रनमा आउट भए । त्यस्तै स्मित पटेलले २४ रन जोड्दा कप्तान पारस खड्काले १९ रन जोडे । सन्नी पटेल २६ तथा करण केसी ११ रनमा अविजित रहे । धनगढीका दिपेन्द्र सिंह ऐरी, डान लरेन्स, योगेन्द्र सिंह कार्की र मन्जित श्रेष्ठले एक एक विकेट लिए ।

अघिल्ला दुई खेलमा पराजित भएको चितवनको यो पहिलो जित हो । जितसंगै चितवनले ३ खेलबाट २ अंक जोडेको छ । यसअघि चितवन पहिलो खेलमा बुटवल ब्लास्टर्ससंग ७० रनले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा पोखरा पल्टनसंग ५ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्