के हो हृदयघात ? कसरी बच्ने यसबाट, पढ्नुहोस्



१४ कार्तिक २०७५, काठमाडौं

हृदयघात भनेको मुटुको कुनै पनि धमनीहरूमा सत–प्रतिशत अवरोध भई मुटुको मांसपेशीले काम गर्न नसक्नु र अन्त्यमा सो भागको मृत्यु हुनु हो । यो हृदयघात यदि मुटुको देब्रे मुख्य धमनीमा अवरोध भएमा प्राणघातक पनि हुन सक्छ भने साना साना धमनीहरुको अवरोध भएर भएको हृदयघात कहिले काँही मानिसलाई थाहा नहुन पनि सक्छ ।

तर ठूलो धमनीमा अवरोध भएमा छातिको बिच वा देब्रे तिर बेस्सरी थिचेको जस्तो दुख्छ, चिट चिट पसिना आउँछ, वाक वाक लाग्ने र बेहोस पनि हुन सक्छ।

उच्च रक्तचाप, मधुमेह र कोलेस्टेरोललाई समयमानै नियन्त्रणमा राख्न सकेमा हृदयघात कम हुनसक्छ। मोटोपन कम गर्ने व्यायाम नियमित गर्ने, मानसिक तनाव हुन नदिने, जीवन शैलीमा सुधार ल्याउने हो भने समयमानै यो रोगलाई नियन्त्रण गर्न सकिन्छ । मुख्य भूमिका जनचेतनाको कमि र यो रोगका साधारण लक्षणहरू मात्र हुने हुनाले समयमानै यो रोगको निदान गर्न निकै कठीन भएको हो ।

हृदयघात हुनुभन्दा अगाडि यसको साधारण लक्षण मात्र हुन्छ । जब व्यायाम गर्दा, उकालो चढ्दा, भर्याङ उक्लदा, मानसिक तनाव बढ्दा छातिको बिचमा वा देब्रेतिर भारी हुने, ढुंगाले थिचे जस्तो अनुभव हुने, स्वाँ स्वाँ बढ्ने तर आराम गरे पछि सन्चो हुने । कहिले काही देव्रे हातमा वा च्यापूतिर पनि दुखाई सरेको जस्तो पनि हुनसक्छ ।

यदि यस्तो लक्षण देखा परेमा तुरून्त मुटुरोग विशेषज्ञको परामर्श लिनु जरूरी छ । अधिकाशं मानिसहरु यस्लाई सामान्य सोचेर घरमै बसिरहन्छन् र अन्त्यमा हृदयघात पनि हुनसक्छ । हृदयघात भइसकेपछि उपचार सहज हुँदैन। देव्रे मुख्य धमनीमा अवरोध भएमा समस्या झनै जटिल हुन्छ। किनकी पहिलो हृदयघातमा नै मृत्युसम्म हुन सक्छ ।

तसर्थ वयस्कहरुले कमसेकम एक पटक आफ्नो मुटुको परीक्षण गर्नु अति आवश्यक छ। मुटुमा समस्या देखिएमा नियमित जाँच गर्नुपर्छ । किनकी हालसम्म हृदयघातको मुख्य कारण थाहा छैन । तर यस्का कारक तत्वहरु मात्र थाहा छ ।

यी तत्वहरुलाई कम गर्न सके हृहयघातलाई केही हदसम्म कम गर्न सकिन्छ–

– धुम्रपान
– उच्च रक्तचाप
– मधुमेह
– उच्च कोलेस्टेरोल
– व्यायामको कमी
– मानसिक तनाव
– जीवन शैली
– जन चेतना
– मोटोपना
– नियमित स्वास्थ्य परीक्षण

बच्ने उपायहरु–

1, स्वस्थ भोजनस् प्रशस्त फलफूल, हरियो सागसब्जी खानुहोस् साथै चिनी, नून र चिल्लो एकदम कम गर्नुहोस्।

2. नियमित शारिरिक कसरत र व्यायाम गर्नुहोस्स् दैनिक रूपमा ३० मिनेट ९आधा घण्टा० मात्रै भने पनि व्यायाम गर्नु मुटुको स्वस्थको लागि एकदमै राम्रो हो।

3. धूम्रपान साथै सूर्तिजन्य पदार्थको सेवन नगर्नुहोस्स् सूर्ति र तमाखु, सिगरेट ९चुरोट०, सिगार अथवा खैनी(सूर्ती स्वास्थ्यको लागि एकदमै हानिकारक हुन्छ। यसको उपयोग नगर्नु नै रोकथामको लागि एकदम उत्तम तरिका हो। त्यसैगरी सेकेण्ड(ह्यान्ड धूम्रपान ९अर्थात तपाईको छेउमा रहेर कसैले चुरोट पिउनु०को सम्पर्कमा पर्नु पनि स्वास्थ्यको लागि हानिकारक हुन्छ।

4, मुटुका केही रोगहरू जस्तै( उच्च रक्तचाप, उच्च रक्त कोलेस्टेरोल, मधुमेह आदिको कुनै लक्षणहरू नहुन पनि सक्छ। यी रोगहरू परीक्षण गरेपछि मात्र पत्ता लाग्छ। यसकारण मुटुरोगको कुरा गर्दा नियमित स्वास्थ्य परीक्षणलाई धेरै महत्त्व दिइन्छ। मानिसको आकस्मिक मृत्यु धेरैजसो मुटुरोगकै कारणबाट हुन्छ।

प्रतिक्रिया दिनुहोस्