पाकिस्तानमा आयोजित हक्की खेलका लागि नेपाली सहभागी टोली त्यसतर्फ प्रस्थान



१४ कार्तिक २०७५, काठमाडौं

पाकिस्तानमा हुने हक्की खेलमा सहभागिता जनाउने नेपाली राष्ट्रिय टोलीलाई आज मंगलबार विदाई गरिएको छ । सात खेलाडीसहित प्रशिक्षकलाई आज विदाई गरिएको हो । फस्ट अफ्जल मन्ना मेमोरियल हक्की टुर्नामेन्ट–२०१८ का लागि उनीहरु मंगलबार त्यसतर्फ प्रस्थान गरेका हुन् । खेल पाकिस्तानको लोहरस्थित जोहार टाउन हक्की स्टेडियममा आगामी ०८ नोभेम्बरदेखि १४ सम्म हुनेछ ।

झापाबाट टिम कोचमा प्रशिक्षक ज्ञानेन्द्रबहादुर खड्का, खेलाडीहरु पुरुषतर्फ चिरन प्रधान, मनोज चौधरी, सन्तोष बेस्रा र रोशन चौधरी तथा महिलातर्फ सिर्जना तामाङ र सरस्वती तामाङ छिन् । पाकिस्तानका हक्की तर्फका राष्ट्रिय खेलाडी मन्नाको स्मृतिमा हुन लागेको प्रतियोगिताका लागि झापाबाट राष्ट्रिय टोलीमा छानिएका नेपाली सेनामा कार्यरत् रोशन चौधरी २०७० सालयता त्रिभुवन आर्मी क्लवबाट प्रतियोगिता खेल्दै आएका छन् । उनी झापाको भद्रपुर ९ स्थित पुहाँतुवारी निवासी हुन् ।

५० सदस्यीय नेपाली राष्ट्रिय टोलीमा महिला र पुरुष गरी ४४ जना खेलाडी र ६ जना टिम कोच रहेका जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख टहलदाश मैनालीले जानकारी दिए । एशियन हक्की फेडरेशन र पाकिस्तान हक्की फेडरेशनले संयुक्त रुपमा आयोजना गर्ने सो प्रतियोगिताअघि सहभागी खेलाडीहरुलाई एक महिने बन्द प्रशिक्षण गराइने बताइएको छ । प्रतियोगितामा भाग लिने अन्य सदस्य भने बिहीबार पाकिस्तान प्रस्थान गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्