नेपालको अफगानिस्तानसँगको मैत्रीपुर्ण खेल रद्द



१४ कार्तिक २०७७५, काठमाडौं

नेपालले अफगानिस्तानसँग मंसिर अन्तिम साताबाट खेल्ने भनिएको मैत्रीपुर्ण खेल रद्द भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले तय गरेको सो मितीमा खेल हुन नसकेको हो । एन्फा महासचिव ईन्द्रमान तुलाधरका अनुसार  प्राविधिक कारणले अफगानिस्तानसंग खेल्ने खेल रद्ध भएको हो ।

अन्तिम समयमा आएर अफगानिस्तानले नेपालसँगको मैत्रीपुर्ण खेलमा सहभागिता नजनाउने निर्णय गरेको हो ।अन्तिम समयमा आएर उनीहरुले प्राविधिक कारण देखाउदै मैत्रीपुर्ण खेल नखेल्ने निर्णय गर्नुभयो । मंसिर २७ गते हुने भनिएको मैत्रिपुर्ण खेल रद्ध भएको छ , उनले भने ।

एन्फाले वर्षभरिमा खेलाडीहरुलाई अभ्यासभन्दा बाहिर लाग्न नदिन भनी विभिन्न देशहरुसँग मैत्रीपुर्ण खेलको आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्