बेलायती सरकारद्वारा डिजिटल सेवामा कर लगाउने प्रस्ताव



१४ कार्तिक २०७५, लण्डन

बेलायतका वित्त प्रमुखले गुगल, फेसबुक र अमाजन डट कमजस्ता विशाल प्रबिधि कम्पनीहरूलाई लक्षित गरी डिजिटल सेवामा कर लगाउने प्रस्ताव गरेका छन् ।

डिजिटल युगमा संगठित कम्पनी कर प्रणालीको आवश्यकतामाथि व्याख्या गर्दै बेलायती राज्यकोष प्रमुख फिलिप ह्यामण्डले उक्त प्रस्ताब गनुभएको हो ।

आर्थिक नियमले परिवर्तित व्यवसायिक विकल्पहरूलाई संगठित गर्ने बताउँदै उहाँले सोमबार बजेट भाषणमा बेलायती संसदमा डिजिटल व्यवसायको संयुक्त अधिराज्यमा तात्विक महत्व देखिन थालेको र उनीहरूले कर नतिरीकन आफ्ना गतिविधि चलाउने गरेकोमा अब उनीहरूलाई करको दायरामा ल्याइनुपर्ने बताउनुभयो ।

डिजिटल सेवा कर स्थापित तथा ठूला प्राबिधिक कम्पनीलाई लक्षित गरिएको र यो भर्खर बामे सर्दै गरेका डिजिटल कम्पनीको हकमा भने लागु नहुने बताउनुभयो । उहाँले शुरूमा उनीहरूलाई सामान्य करको दायरामा ल्याएर निम्नतम राजश्व उठाउन पहल गर्ने बताउनुभयो ।

सर्च इन्जिन, सामाजिक सञ्जाल संयन्त्र र बजार डिजिटल सेवाका लागि स्वभाविक स्थान भएकाले यिनीहरूले समाज सुधारमा राम्रो काम गरेकोे तिनीहरूलाई कर कानूनको दायरामा ल्याउने प्रष्ट उदाहरण दिँदै उनले भने तर तिनीहरू कर प्रणालीको द्वीगोपन र निश्पक्षताका लागि चुनौति भएका छन् ।

यूरोपेली यूनियनका वित्तीय अधिकारीहरूले प्राविधिक कम्पनीलाई लक्षित गरी नयाँ कर कानूनको प्रस्ताव गरेको अवस्थामा बेलायतले पनि उक्त घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्