
१३ कार्तिक २०७५, काठमाडौं
ओ‘हिया परिवारले सन् १९७८, २८ अगस्टमा स्थापना गरेको कोल्ट फाउण्डेशनले युके विश्वविद्यालयमा भर्ना हुने जेहेन्दार विद्यार्थीहरुलाई फेलोसिप प्रदान गर्दै आइरहेको छ ।
फाउण्डेसनले मुख्यतः व्यावसायिक र पर्यावरणीय स्वास्थ्यसँग सम्बन्धित विषयहरूमा उच्च डिग्री पढ्ने विद्यार्थीहरूलाई अनुदान प्रदान गर्दछ ।
कहिलेकाँही यस फाउण्डेसनले माथि उल्लेख गरिएका अन्य विषय अध्ययनरत विद्यार्थीहरुलाई समेत फेलोसिप प्रदान गर्ने गरेको छ ।
आजको दिनसम्म यस फाउन्डेशनले १६.५ मिलियन पाउण्डभन्दा बढी अनुदान प्रदान गरिसकेको छ ।
कलट फाउन्डेशन छात्रवृत्तिसँग समन्वय गरेको यस ब्रिटिश कलेज (टीबीसी) ले नेपालको अल्पसंख्यक नेपाली छात्रहरुलाई आवेदन दिन आवाहन गरेको थियो ।
सन् २०१८ को शैक्षिक वर्षबाट सुरु गरेका विद्यार्थीहरु जो बिजनेस एडमिनिस्ट्रेशन (बीबीए) र व्याचलर अफ साइन्स (हन्स) कम्प्युटिङ अध्ययन गर्न चाहन् उनीहरुले यस छात्रावृत्ति लागि आवेदन दिएका थिए ।
यो छात्रावृति पुर्वी नेपाल फुङलिग, ताप्लेजुङकी फुटी शेर्पाले हात पार्न सफल भएकी छिन् ।
ब्रिटिश कलेजमा चार वर्ष बीबीए कार्यक्रम अध्ययन गर्न यो छात्रवृत्तिद्वारा उनलाई सम्मानित गरिएको हो । छात्रवृद्धिले ट्यूशन शुल्क, परीक्षा फीस, आवास, व्यक्तिगत रेखदेख भत्ता, यात्रा लागत र चार वर्षको लागि अन्य कार्यक्रम सम्बन्धी खर्चहरू समावेश गर्नेछ ।
द ब्रिटिश कलेजका प्रमुख कार्यकारी अधिकृत राजन कँडेलले भनेका छन्, ‘एक सानो प्रयासले एक विशाल छलांङ लगाउन ठुलो मदत गर्नेछ । हामीलाई आशा छ यो छात्रावृत्तिले शेर्पाका लक्ष्य र सपना साकार पार्न मदत हुनेछ । टीबीसीका सिइओ राजन कडेँलले भने, ‘कोल्ट फाउन्डेशनद्वारा प्रदान गरिएको अनुदानले आगामी विद्यार्थीहरूलाई सकारात्मक कदमहरु प्रदान गर्नेछ ।’





