टि २० क्रिकेटको आज तेश्रो दिनको खेलमा  जुनियर तर्फ माउण्ट हर्मन, होली एन्जल र सिनियर तर्फ सनराईज मा.बि बिजयी



१२ कार्तिक २०७५, बीरगंज

युनिसन ग्रुप अफ स्कुल पर्साकोे आयोजनामा १७ औं टि २० क्रिकेट टुर्नामेण्ट २०७५ कोे खेल बीरगंजको नारायणी रङ्गशालाको क्रिकेट मैदानमा भएको आज तेश्रो दिनको खेलमा जुनियर तर्फ माउण्ट हर्मन मा.बि, होली एन्जल मा.बि.र सिनियर तर्फ सनराईज मा.बि. बिजय भएको छ ।

सोे टुर्नामेण्ट तेश्रो दिनको प्रथम क्रिकेट खेलमा जुनियर तर्फ माउण्ट हर्मन मा.बि. र मास्कोट मा.बि.बिच भएको प्रतियोगितामा माउण्ट हर्मन मा.बि.ले १०.५ ओभरमा २ बिकेट गुमार्ई ४७ रन बनाएर बिजय भएकोे छ भने मास्कोट मा.बि.ले १२ ओेभरमा १० बिकेट गुमाई ४७ रन मात्र बनाउन सफल भएको थियो ।

उक्त खेलमा म्यान अफ द म्याच माउण्ट हर्मन मा.बि.का बिजय दास हुनु भएको छ । त्यसै गरी तेश्रो दिनको दोस्रो खेलमा जुनियर तर्फ होली एन्जल मा.बि. र सनराईज मा.बि. बिच भएको प्रतियोगितामा होली एन्जल मा.बि.ले ६ ओेभरमा २ बिकेट गुमाई ४६ रन  बनाई बिजय भएको छ भने उनका प्रतिद्वन्दी सनराईज मा.बि.ले १२.५ ओभरमा १० बिकेट गुमाई ४५ रन मात्र बनाउन सफल भएका थिए ।

उक्त खेलमा म्यान अफ द म्याच होली एन्जल मा.बि.का रुबास यादब भएका छन भने यसै गरी क्रिकेट टुर्नामेण्ट खेलको तेश्रो दिनको तेश्रो खेलमा सिनियर तर्फ सनराईज मा.बि.र न्यु वेभ एकेडेमी बिच भएको प्रतियोगितामा सनराईज मा.बि.ले १८.२ ओभरमा ९ बिकेट गुमाई १३८ रन बनाई बिजय भएको छ ।

न्यु वेभ एकेडेमी.ले १८.४ ओभरमा १० बिकेट गुमाई १३७ रन बनाउन सफल भएको थियो । उक्त सिनियर तर्फको खेलमा म्यान अफ द म्याच सनराईज मा.बि.का रेयाज हुसेन घोषित भएका छन । भने आज भएको खेलमा म्यान अफ द म्याचका खेलाडीलाई आयोजकले शिल्ड प्रदान गरी सम्मानित गरीएको कुरा शिक्षक छेदुप लामा जनाएका छन ।

प्रतिक्रिया दिनुहोस्