वायु प्रदुषणका कारण वर्षेनी ६ लाख बालबालिकाको ज्यान जाने गरेको तथ्याङ्क सार्वजनिक



१३ कार्तिक २०७५, काठमाडौं

वायु प्रदुषण भनेको विभिन्न रासायनिक पदार्थ, धुवाँ, धुलो आदि हावामा मिसिन गई हावा दुषित हुनु वा स्वच्छ हावामा विविध कारणहरुले परिवर्तन आई मानव वा कुनै प्राणीको स्वास्थयमा नकारात्मक असर पार्ने खालको हुनु हो ।

यही नकारात्मकताको कारण विश्वभरका झण्डै ६ लाख बालबालिकाको मृत्यु वायु प्रदुषणबाट हुने गरेको केही तथ्याङ्क  देखाएका छन् । विश्व स्वास्थ्य संगठनले हिजो गरेको सार्वजनिक तथ्याङ्कमा विश्वभरका झण्डै ६ लाख बालबालिकाको मृत्यु वायु प्रदुषणबाट हुने गरेको देखिएको हो ।

(डब्लुएचओ) ले सार्वजनिक गरेको तथ्याङ्कमा वायु प्रदुषणका कारण हरेक बर्ष १५ बर्षमुनिका छ लाख बालबालिकाको मृत्यु हुने गरेको उल्लेख छ । संगठनका अनुसार पाँच बर्ष मुनिका कैयौं बालबालिकालाई वायु प्रदुषणका कारण श्वास प्रश्वासमा समस्या भई त्यसले उनीहरुको ज्यानै लिने गरेको जनाएको छ ।

तथ्याङ्क अनुसार प्रत्येक दश जना मध्ये नौ जनाले प्रदुषित स्वास लिने गरेका छन् भने यसबाट लाग्ने रोगका कारण प्रत्येक बर्ष विश्वभरका झण्डै ७० लाखको मृत्यु हुने गरेको छ । वायु प्रदुषण विषेशगरी बालबालिकाका लागि निकै हानिकारक मानिन्छ । प्रत्येक दश जना मध्ये एक बालबालिकाको यही कारणले मृत्यु हुनेगरेको प्रतिवेदनमा उल्लेख छ । वायु प्रदुषणले बालबालिकाको स्वास्थ्यमा पारेको असरबारेमा (डब्लुएचओ) ले गरेको एक अध्ययनले सो कुरा देखाएको हो ।

प्रतिक्रिया दिनुहोस्