विश्व किर्तिमानी मानन्धर सम्मानित हुँदै



१३ कार्तिक २०७५, काठमाडौं

पाँच पटकसम्म ओलम्पिकमा भाग लिँदै विश्व किर्तिमानी बनाएका बैकुण्ठ मानन्धर सम्मानित हुने भएका छन् ।

‘करियर बिल्डिङ इन्टरनेशनल एकेडेमि’ ले उनलाई ११ हजार १११ र ताम्रपत्रका साथ ‘करियर खेलाडी सम्मान–२०७५’ बाट सम्मान गर्न लागेको हो । मानन्धरले ‘पहिलो दक्षिण एशिया खेलकूद’ मा नेपाललाई स्वर्णपदक समेत दिलाएका थिए । एकेडेमिका संस्थापक अध्यक्ष तेज श्रेष्ठका अनुसार उनलाई सो सम्मान प्रदर्शन गर्न लागिएको हो ।

एकेडेमिले यसअघि नेपालका राष्ट्रिय गानका रचनाकार प्रदिप कुमार राई (व्याकुल माईला) लाई ‘करियर श्रष्ठा’ तथा नेपाली क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ललाई पनि सम्मान गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्