रियल मड्रिडका प्रशिक्षक जुलेन बर्खास्त



१३ कार्तिक २०७५, काठमाडौं

टोलीलाई जिताउन नसकेको भन्दै रियल मड्रिडका प्रशिक्षक जुलेन लुपेटेगुईलाई पदबाट बर्खास्त गरिएको छ ।

टिमलाई जित दिलाउन नसकेको आरोपमा उनलाई पदबाट बर्खास्त गरिएको हो । जिनेदिन जिदानको राजिनामासँगैं प्रशिक्षकमा अनुबन्धित उनलाई करिब ४ महिनामा नै पदबाट हटाईएको हो ।

पछिल्लो समयका रियलले एक पछि अर्को गर्दै हार बेहोरेपछि उनलाई पदमुक्त गरिएको हो । उसले स्पेनिस ला लिगाको खेलमा ५ मध्ये ४ खेल हारेको थियो ।

प्रतिक्रिया दिनुहोस्