मुटुको ‘कोरोनरी आर्टरी बाइपास सर्जरी’ सम्बन्धि जानकारी–अवश्य पढ्नुहोस्



१३ कार्तिक२०७५, काठमाडौं

शल्यक्रियाद्वारा मुटुमा रगतको आपूर्ति चालू राख्न वैकल्पिक बाटो बनाउने प्रक्रियालाई ‘कोरोनरी आर्टरी बाइपास सर्जरी’ भनिन्छ । एन्जियोप्लास्टीको प्रक्रियाबाट धमनीले रगत आपूर्ति जारी राख्ने सम्भावना नभएमा मुटुको बाइपास शल्यक्रिया गर्नुपर्ने हुन्छ ।

साधारणतः अलि धेरै ठाउँमा धमनी बन्द भएमा वा धमनीका शाखाहरु छुट्टिने ठाउँमा तथा धमनीको लामो भागमा रोकावट भएमा कोरोनरी बाइपास शल्यक्रिया गर्नुपर्ने हुन्छ ।

यस प्रक्रियाअन्तर्गत बिनाकुनै रोकावट मुटुमा रगतको प्रवाह होस् भनेर बन्द भएको धमनीको सट्टा अर्को वैकल्पिक बाटो बनाइन्छ । यसका लागि चाहिने नली बिरामीको शरीरबाट नै लिइन्छ । यस्तो सेवा सञ्चालन गर्न अब्बल जनशिक्त सहितको अप्रेसन थिएटर चाहिन्छ। मुटुलाई खोलेर गरिने यस्तो सर्जरीलाई ‘ओपन हार्ट सर्जरी’ पनि भन्ने गरिन्छ ।

ओपन हार्ट सर्जरीमा के के गरिन्छ ? यो पनि जान्नुहोस्–

ओपन हार्ट सर्जरीका क्रममा मुटु र फोक्सोलाई पूर्ण रुपमा बन्द गराई ‘हर्ट लङ मेसिन’द्वारा मुटु र फोक्सोको काम गराउनुपर्ने हुन्छ ।

यस्ता हार्ट लङ मेसिन महँगो पर्ने हुँदा यो सेवा धेरै स्वास्थ्य संस्थामा विस्तार हुन ढिलाइ भएको हो । मुटु, फेक्सोसहित बिरामीको रक्तचाप, शरीरको तापक्रम लगायत विभिन्न काम उक्त उपकरणद्वारा गराई बिरामीको मुटुको शल्यक्रिया गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्