लगातार १२६ घण्टा नाँचेर गिनिज बुकमा नाम लेखाउने तयारीमा नेपाली चेली बन्दना नेपाल ( भिडियो सहित)



१२ कार्तिक २०७५, काठमाडौं

संसारमा विभिन्न कला, प्रतिभा र क्षमता भएका व्यक्तिहरु हुन्छन् । कसैसँग गाउने कला हुन्छ त कसैसँग दौडने, कोही खेल्नमा माहिर हुन्छन् त कोही नाँच्नमा सिपालु ।

आफैमा छुट्टै कला, संस्कृति, भाषा, रिती रीवाज र दर्शन भएका नेपालीहरु यस्ता खाले प्रतिभामा फरक नहुने कुरै भएन । कक्षा १२ मा अध्ययनरत एउटी त्यस्तै अद्भुत कला र क्षमता भएकी सुन्दर युवती, जो १२६ घण्टा लगातार नाँचेर विश्व किर्तिमानी तोड्ने जमर्को गर्दैछिन् ।

गिनिज बुकमा नाम लेखाउने तयारीमा रहेकी बन्दना नेपालसँगको कुराकानी भिडियोमा :

धनकुटाको मनोरम वातावरणमा हुर्किएकी नेपालकी छोरी बन्दना, अहिले डाँफे झैँ नाचेर विश्वकीर्तिमान राख्ने तयारीमा छन् । त्यो उनको कला उनकै मात्रै निजी हाईन । त्यो सबै नेपालीहरुको गर्व हो, सिङ्गो देशको पहिचान अनि नेपालीहरुको पनि शान हो ।

जोसुकै ब्यक्तिले यस्तो खालको काम गर्नलाई एक आँट गर्दैनन् । आँट गरेपनि गरिहाल्न सक्दैनन् । हुन त ‘जित्नु भन्दा ठुलो कुरा हिम्मत नहार्नु हो’ भन्ने पनि गरिन्छ । तर पनि चिताएको काम सफलताका साथ फत्ते पार्नु झनै ठुलो सफलता हो, भन्ने कुरा सम्झनु पनि हाम्रो कर्तव्य हो ।

पुर्व धनकुटामा जन्मेर हाल काठमाडौंको नारायणथानमा नृत्य प्रशिक्षकको रुपमा कार्यरत बन्दना नेपाल, सानैदेखि नाँच्नमा रुची राख्थिन् । र नाँच्थिन् पनि, नाच्दा नाच्दै नाँच्नमा माहिर बन्दना अहिले आफ्नो कलालाई विश्वसामु प्रदर्शन गर्दै आफू र आफ्नो देश नेपालको थप पहिचान लेखाउने तयारीमा छन्।

१२३ घण्टा नाँचेर विश्व किर्तिमान राखेकी भारत केरलाकी एक महिलाको रेकर्ड तोड्न १२६ घण्टा लगातार नाँचेर गिनिज बुकमा आफ्नो नामलाई सुरक्षित राख्न चाहान्छिन् – उनी ।

गिनिज वर्ल्ड रेकर्डस प्रत्येक वर्ष प्रकासित हुने एउटा सन्दर्भ पुस्तक हो, जसम विश्व किर्तिमानहरूको सङ्कलन हुने गर्छ । सन् २००० सम्म यसलाई गिनिज बुक अफ रेकर्डस (अमेरिकामा गिनिज बुक अफ वर्ल्ड रेकर्डस) को नामले जान्ने गरिन्थ्यो । यो पुस्तक सर्वाधिक बिक्री भएको कपिराइट पुस्तकको रूपमा स्वयं एक किर्तिमानधारी पुस्तक हो । यो पुस्तक अमेरिकाको सार्वजनिक पुस्तकालयहरूबाट सर्वाधिक चोरी गरिएको पुस्तक पनि हो । यस्तो एउटा विश्व रेकर्डमा नाम लेखाउन सक्नु त फरक कुरा हो । तर त्यसमा विश्व किर्तिमानी राख्छु भनेर जमर्को गर्नु पनि छुट्टै हिम्मत भएका ब्यत्तिले मात्रै गर्न सक्छ ।

आमा गोमा नेपाल र बुवा राम नेपालको काखबाट जन्मिएकी बन्दना नेपाल अहिले नाँचको माध्यमबाट नेपालको कला र संस्कृति विश्वसामु छर्न चहान्छिन् । गिनिज बुक गिनिज बुकमा नाम लेखाउने धेरै नेपालीहरु छन्। जसमा रवी लामिछाने, अर्पन शर्मा, चन्द्र बहादुर डाँकी बढी चर्चामा छन्।

बढेको हामी महसुस गर्न पाउँछौं । माध्यामिक तहमा अध्ययनरत एक नेपालकी छोरी जो १२६ घण्टा नाँचेर विश्वसामु आफू र आफ्नो देश चिनाउन खोज्दैछिन् । त्यसको लागि उनी धेरै समय खर्चेर अत्यन्तै धेरै रुचीका साथ अभ्यास गरिरहेकी छिन् । उनका अनुसार अभ्यास नाचमा उनले १०० घण्टा पार गरिसकेकी छन्। अब २६ घण्टा थप्न सक्नेमा उनी ढुक्क देखिन्छिन्। विश्वस्त छिन् ।

विश्व किर्तिमानी पछि उनको लक्ष्य बुवाआमा गुमाएका बाल–बालिकाहरुलाई ‘बन्दना फाउन्डेसन’ नामक संस्था खोली गुणस्तरीय पठनपाठन् सहित उनीहरुको प्रतिभा उजागर गरी आफ्नो खुट्टामा उभिन सक्ने बनाउने रहेको छ ।

कुशल नृत्य प्रशिक्षक समेत रहेकी बन्दना नेपालले धेरै नेपाली गितहरुमा समेत अभिनय गरेकी छिन् ।

अन्त्यमा–हामी यही कामना गरौं ।
बन्दनाको अभियान सफल बनोस् ।

बन्दनाको अभियान अब उनको नीजि मात्र रहेन सम्पुर्ण नेपालीहरुको गर्वको विषय हो । त्यसैले उनको अभियानमा हामी सबै मिलेर सफल बनाउने कोशिस गरौं । हामी पनि आफ्नो ठाँउबाट सक्दो सहयोग गर्ने छौँ।

प्रतिक्रिया दिनुहोस्