नेपाल र मलेसियाबीच श्रम सम्झौता



१२ कार्तिक २०७५, काठमाडौँ

नेपाल र मलेसियाबीच श्रम समझदारीपत्र (एमओयू) मा सोमबार हस्ताक्षर भएको छ।

औपचारिक रुपमा सन् २००२ देखि कामदार आपूर्ति गर्दै आएको मलेसिया र नेपालबीच होटल हायातमा आयोजित समारोहबीच हस्ताक्षर भएको हो। नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्ट र मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरानले सम्झौता पत्रमा हस्ताक्षर गरे।

समझदारीपत्रमा हस्ताक्षर भएसँगै गत जेठ महिनादेखि बन्द मलेसियाको श्रम स्वीकृति पुनः खुलेको छ।  अब नेपाली श्रमिक कुनै पनि शुल्क नतिरी मलेसिया जान पाउनेछन् ।त्यस्तै सम्झौतामा मलेसिया जाने नेपाली कामदारको करार अवधि दुई वर्षको हुने र प्रत्येक महिनाको ७ गते तलब पाउने उल्लेख गरिएको मन्त्री विष्टले बताए। त्यस्तै कामदारको तलब मलेसिया सरकारको नियम अनुसार हुनेछ।

नेपाली कामदारका कोही आफन्तको मृत्यु भएका १५ दिनभित्र घर आउने व्यवस्था हुने कुरा पनि सम्झौतामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्