ओखलढुंगा कटुञ्जे सरोकार समाजको नयाँ कार्यसमिति चयन



११ कार्तिक २०७५, काठमाडौं

ओखलढुंगा कटुञ्जे सरोकार समाजको १८ औँ अधिवेशनले पेशलकुमार पराजुलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले उपाध्यक्षमा होमप्रसाद सुवेदी, सचिवमा विष्णुलाल गिरी र कोषध्यक्षमा जालन्धर कार्की सहित ९ जनाको नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमिति : 
अध्यक्ष – पेशलकुमार पराजुली
उपाध्यक्ष – होमप्रसाद सुवेदी
सचिव – विष्णुलाल गिरी
कोषध्यक्ष – जालन्धर कार्की
सदस्य – रेवतीरमण धमला
सदस्य – कल्पना सुनुवार
सदस्य – दुर्गा श्रेष्ठ
सदस्य – माधब सुनुवार
सदस्य – मीना गुरुङ

उक्त संस्थाले ओखलढुंगा कटुञ्जेका भुकम्पपीडितलाई राहत वितरण, दक्तदान कार्यक्रम लगायत आकस्मिक रुपमा आईपरेका समस्या मानविय तथा आर्थिक सहयोग गर्दै आएको छ ।

कटुञ्जे क्षेत्रको आर्थिक, सामाजिक, साँस्कृतिक विकास एवं वातावरण संरक्षण गर्ने लगायतका कार्यहरु गर्ने संस्थाको मूख्य उदेश्य रहेको नवनिर्वाचित अध्यक्ष पेशलकुमार पराजुलीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्