
११ कार्तिक २०७५, खाँदबारी
दशैं सकिए पनि खाँदबारी बजार आसपास र टुडिखेलको फोहोर अझै उठ्न सकेको छैन । फोहोर संकलन नहँुदा जिल्ला अस्पताल खाँदबारीमा समेत फोहोर थुप्रिएको छ । फोहोर उठाउने जिम्मा पाएको अरुण मल्टि प्रपोज कम्पनीका संञ्चालक बद्री ढकालले कर्मचारी दशैं विदामा घर गएकाले फोहोर संकलन हुन नसकेको बताए । अब चाँडै संकलन सुरु गरिने उनले भने ।
हप्तामा तीन पटक संकलन हुँदै आएको फोहोर संकलन हुन नसकेको होे । फोहोर नउठ्दा सदरमुकाम खाँदबारीमा हप्तामा दुई पटक लाग्ने हाट टुडिखेलमा फोहोरको थुप्रो लागेको छ । फोहोर संकलन नभएपछि खाँदबारी बजारको फोहोर घरको पेटी र सडकको छेउमा थुपारिएको छ ।

फोहोर व्यवस्थापनको जिम्मा अरुण मल्टि प्रपोज कम्पनीलाई दिएकाले आफुहरुले केही गर्न नसकिने खाँदबारी नगरपालिकाका प्रमुख मुरारी प्रसाद खतिवडाले बताए । प्रमुख खतिवडाले भने अरुण मल्टि प्रपोज कम्पनीले नाफा घाटा कम्पनी आफैले बेहोर्ने गरि चार वर्ष अघि नै जिम्मा दिइएको हो । अरुण कम्पनीले फोहोर संकलन गरे बापत प्रति घर २ सयका दरले रकम उठाएको छ ।
तर बजार क्षेत्रका उपभोक्ताहरुले फोहोर संकलन गरे दुई सय नतिर्दा समस्या आएको नगर प्रमुख खतिवडाले गुनासो गरे । उनले थपे बजार क्षेत्रका उपभोक्ताहरुले २ सय नदिएकाले अरुण कम्पनीलाई फोहोर संकलन सुचारु गर भन्न पनि नकिएको बताए । बजार क्षेत्रका उपभोक्ताहरुले फोहोर संकलन परिचय पत्रको नवीकरण नगर्ने र थप घर परिवारले परिचयपत्र नलिदा समस्या भएको कम्पनीले गुनासो गर्ने गरेको खतिवडाले बताए ।





