श्रम सम्झौतामा हस्ताक्षर गर्न मलेसियाली मन्त्री नेपाल आउँदै



११ कार्तिक २०७५,काठमाडौं

मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरान आइतबार नेपाल आउँदै छन्।

दुई देशका उच्चस्तरीय प्रतिनिमण्डलले तयार पारेको श्रम सम्झौताको मस्यौदामा हस्ताक्षर गर्न उनी नेपाल आउने भएका हुन्।सोमबार आयोजना हुने विशेष समारोहकाबीच नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाका मानव संशाधनमन्त्री कुलासेगरानले हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ।

सम्झौतासँगै मलेसिया जाने नेपाली कामदारले छनोट प्रक्रियामा शुल्क तिर्नुपर्ने छैन।श्रम सम्झौताको मस्यौदालाई अन्तिम रूप दिन नेपाली प्रतिनिधिमण्डल मलेसिया पुगेको थियो। गत असोज १२ गते मलेसियाको पुत्राजयमा नेपाली र मलेसियाली पक्षबीच सम्झौताको एमओयुमा सहमति भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्