प्रियंकाका लागि निकले किने ६.५ मिलियन डलर अर्थात ७६ करोडको आलिशान घर (फोटो फिचर)



अमेरिकी पप स्टार निक जोनसले प्रेमिका प्रियंका चोपडाका लागि लस एन्जेलिसमा एक आलिशान र भव्य घर खरिद गरेको रिपोर्ट सार्वजनिक भएको छ ।

टिएमजेडको रिपोर्ट अनुसार निकले किनेको पाँच बेडरुम भएको उक्त घर चार हजार एक सय २९ स्क्वायर फिटमा बनेको हो । उनीहरुको घरको परिसरमा निकै ठूलो स्विमिङ पुलसमेत छ ।

उक्त घरको मूल्य ६.५ मिलियन डलर अर्थात् ७६ करोड रुपैयाँ बताइएको छ । प्रियंकाले हालै आफ्नो नयाँ घरको भ्रमण गरेको र यसको तस्बिर इन्स्टाग्राम स्टोरीमा सेयरसमेत गरेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्