
१० कार्तिक २०७५, काठमाडौं
सत्तारुढ दल नेकपाले आयोजना गरेको चियापान कार्यक्रम नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले बहिस्कार गरेका छन । पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले चियापान कार्यक्रममा लाग्ने खर्च कुनै उत्पादनको क्षेत्रमा लगानी गरेको भए राम्रो हुन्थ्यो भन्दै आफू उपस्थित हुन नसक्ने बताएका हुन् ।
उनले ट्वीटर मार्फत् ‘सत्तासीन कमरेडहरू, एउटै खाममा ४ वटा शुभकामना र निमन्त्रणा कार्ड पठाउनुभएकोमा धन्यवाद !तपाईंहरू सबैको भलो होस्, हाम्रो पनि शुभकामना ! गरीब देशको सर्वहारावर्गको दुहाइ दिने पार्टीले ५० हजारलाई भोज ख्वाउने खर्च कुनै उत्पादनको क्षेत्रमा लगानी गरेको भए राम्रो हुन्थ्यो कि ? त्यसैले म आउन सकिनँ ! जय होस् ।’ भनेका छन्






