टाउकोमा झलल बत्ति बल्ने चमत्कारी कोब्रा हेर्न मान्छेको भिड (भिडियो सहित)



भारतको कर्नाटकस्थित चिकमंगलुरुको होलमाकी गाउँमा अचम्मको कोब्रा जातिको सर्प भेटिएपछि उक्त सर्प हेर्न अहिले गाउँलेको भीड लागेको छ ।

चमत्कारी भन्दै त्यहाँका गाउँलेहरु कोब्राको पूजा आराधना गर्न थालेका छन् । समाचारमा बताइए अनुसार शरीरमा सुनौलो रङको प्रकाश देखेपछि कोब्रा हर्नेको भीड लागेको हो । अहिले भारतका सोसल मिडियामा उक्त सर्पको भीडियो भाइरल भएको छ । भीडियोमा सर्प नजिकै एउटा कुकुर भुक्दै गरेको छ भने सर्पको टाउकोमा चम्किलो प्रकाश आइरहेको दृश्य देखिन्छ ।

समाचारका अनुसार होलमाकी गाउँका स्थानीय अविनाशको कुकुर खेतमा गएर अचानक भुक्न थाल्यो। खेतमा गाईवस्तु आएको भन्दै अविनाश खेततिर गए । त्यहाँ उनले कोब्रा जातको अनौठो सर्प देखे ।उनले सर्पको नजिकै कुकुर भुक्दै गरेको दृश्य कैद गरे । लगत्तै उनले उक्त भीडीयो सोसल मिडियामा सार्वजनिक गरे ।

तर, सर्प विशेषज्ञका अनुसार त्यहाँ कुनै चमत्कार नभइ कुनै प्रजातिको सर्पको टाउकोमा प्रकाश देखिएको हो । गर्मीका कारण सर्पको टाउकोमा चम्किलो प्रकाश देखिने गर्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्