बूनपा १२ भित्रका सहकारी संस्थासँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न



०९ कार्तिक २०७५, काठमाडौं

बूढानिलकण्ठ नगरपालिका वडा नं १२ भित्र रहेका सहकारी संस्थाहरुसँगको अन्तरक्रिया कार्यक्रम आज वडाको आफ्नै सभाहलमा सम्पन्न भएको छ ।

कार्यक्रम प्रदेश सभा सदस्य कुसुम कुमार कार्कीको प्रमुख अतिथ्यतामा भएको थियो भने अध्यक्षता बूनपा १२ का वडाध्यक्ष शम्भु प्रसाद भट्टराई र कार्यक्रम संचालक वडा सदस्य पुरुषोत्तम नेपालले गरेका थिए ।

प्रमुख अतिथि कार्कीले प्रदेशमा बन्न लागेको सहकारी ऐनलाइ सातै प्रदेश मध्यको उत्कृष्ट बनाउनमा आफुले सक्दो सहयोग गर्ने बताएका थिए ।

भट्टराईले वडा भित्र संचालनमा रहेका सहकारीहरुको समन्वयमा आफ्नो वडा भित्रका विभिन्न टोल-टोलमा सिसिटिभि जडान, फ्रि वाईफाई लगायतका सामाजिक कार्य गर्ने योजना रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्