
०९ कार्तिक २०७५, काठमाडौं
एएफसी यू–१९ महिला च्याम्पियनसिप छनौटमा नेपालद्वारा भारत पराजित भएको छ । थाईल्याण्डको चोनबुरीमा सम्पन्न खेलमा नेपालले भारतलाई २–० ले हराएको हो ।
नेपालका लागि खेलको ५८ औं मिनेटमा रेखा पौडेल तथा खेलको ८८ औं मिनेटमा रेखाले नै ब्यत्तिगत गोल गर्दै नेपालको अग्रणि स्थान दिलाएकी हुन् । जितसँगैं नेपालको अर्को चरणको प्रवेश बलियो बनेको छ ।
नेपालको यस जितसँगैं भारतसँग समान अंक ३–३ भएको छ । अब नेपालले अन्तिम खेलमा पाकिस्तानसँग खेल्नेछ भने, भारतले बलियो प्रतिद्वन्दी मानिएको थाईल्याण्डसँग खेल्नेछ ।





