लगातार १२६ घण्टा नाँचेर गिनिज बुकमा नाम लेखाउँदै बन्दना नेपाल



०९ कार्तिक २०७५, काठमाडौं

नारायनथान बस्दै आएकी बन्दना नेपालले लगातार १२६ घण्टा नाँचेर गिनिज बुकमा नाम लेखाउने तयारी गरेकी छिन् ।

जसका लागि उनले एप्लाई पनि गरिसकेकी बताएकी छिन् । यसअघि सोही विधामा भारत केरलाकी एक महिलाको नाम थियो । उनले १२४ घण्टा नाचेर गिनिज बुकमा नाम लेखाएकी थिईन् । नृत्य प्रशिक्षक समेत रहकी बन्दनाले उनीभन्दा दुई घण्टा बढि नाचेर उनको नामलाई प्रतिस्थापन गर्दै आफ्नो नाम लेखाउन लागेकी बताएकी छिन् । उनले एक युट्युब च्यानलसँग कुरा गर्दै सो कुरा बताएकी हुन् ।

‘नियममा एक घण्टा बराबर ५ मिनेट रेष्ट पाईन्छ’, उनले भनिन् । उनको सो नाँच कार्तिक २४ बाट सुरु हुने पनि जानकारी गराएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्